काठमाडौं- गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
कांग्रेसनिकट भट्टले आफूले अन्यायको विरुद्ध आवाज उठाउनका लागि प्रचण्डविरुद्ध उम्मेदवारी दिएको दाबी गरेकी थिइन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराएकी हुन्।
‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु,’ उनले लेखेकी छन्, ‘उम्मेदवारी फिर्ता लिए पनि यहाँहरूको मप्रतिको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन।’
उनले आफूलाई साथ र सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।