काठमाडौं- नवलपरासी (पश्चिम) १ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। एमालेले उक्त क्षेत्रमा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रमा जनता प्रगतिशील पार्टीका त्रिपाठीलाई समर्थन गर्दै बुढाथोकीको उम्मेदवारी फिर्ता लिन निवेदन पठाएको हो। यसअघि यही क्षेत्रबाट त्रिपाठीले सूर्य चिह्नबाट चुनाव जितेका थिए।
उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी छन् व्यवसायी चौधरीलाई टक्कर दिन एमालेले त्रिपाठीलाई समर्थन दिएको छ। एमालेले यसअघि चितवन ३ कांग्रेसका बागी दिनेश कोइराला र डडेलधुरामा बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गरिकसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।