काठमाडौं- सत्ता गठबन्धनद्वारा सर्लाही क्षेत्र नम्बर- २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। यादवले माआवादीको चुनाव चिह्नबाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीसँग सत्ता गठबन्धनले तालमेल गरेको छ। उक्त पार्टीका प्रभावशाली नेता राजेन्द्र महतो यही क्षेत्रमा उम्मेदवार छन्। महतोलाई भने सत्ता गठबन्धनले सघाएन। यससँगै उनी अप्ठ्यारोमा परेका छन्।
यसअघि नै उक्त क्षेत्रमा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेका थिए। मनोनयनका क्रममा महतोको प्यानलबाट कांग्रेसका नेता जंगीलाल रायले प्रदेश सभामा उम्मेदवारी दिएका थिए।
सत्ता गठबन्धनले बिज्ञप्तिमार्फत् सर्लाही- २ को १ मा सुनिल साह र २ मा कौशल किशोर राय यादव उम्मेदवार रहेको प्रष्ट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।