बझाङ- बझाङमा स्वतन्त्र उम्मेदवारी दिएका पाँचै जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले भने उम्मदेवारी फिर्ता लिँदै एमालेका ऐन महरलाई समर्थन गरेका छन्।
प्रतिनिधि सभातर्फ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनले एकीकृत समाजवादीका भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ।
प्रदेश सभा ‘क’ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगतप्रसाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन्। सोही क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।