पोखरा– राजिव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
मनाङको प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका हुन्।
उक्त क्षेत्रबाट मनाङेसँगै दोर्जे लामा गुरुङले पनि उम्मेदवारी दिएका थिए। दोर्जेले बुधबार उम्मेवारी फिर्ता लिएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिए।
दोर्जेले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।
अन्य दलले मनाङेको ठाउँमा उम्मेदवारी दिएका थिएनन्। एमाले र सत्ता गठबन्धनले मनाङेलाई समर्थन गरेका थिए।
मनाङे गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।