काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।
गठबन्धनविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिएकालाई आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देनशन दिँदै एकीकृत समाजवादीले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
त्यस्ता बागी र स्वतन्त्र मात्रै नभइ त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।