काठमाडौं– रुकुम पश्चिम प्रदेश (२) का कांग्रेस उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ।
बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाय पाएका कारण उनको उम्मेदवारी खारेज भएको हो।
वली रुकुम पश्चिमका कांग्रेस सभापतिसमेत हुन्। वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम प्रदेश (२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए।
उक्त उजुरीमा निर्णय गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।