काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधि सभातर्फ परेको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले देउवाको नागरिता र मतदाता परिचय पत्रमा फरक–फरक जन्ममिति देखिएको भन्दै परेको उजुरी खारेज गरेको जनाएको छ।
नेपाली कांग्रेस बीपीका उममेदवार कर्ण मल्लले देउवाको नागरिकताको प्रमाण पत्र र मतदाता परिचय पत्रमा भएको जन्ममिति फरक–फरक रहेको भन्दै सोमबार उजुरी दिएका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका कर्मचारी भवानीदत्त भट्टका अनुसार स्थानीय तहले प्रधानमन्त्री देउवाको नागरिताकै जन्म मिति सही रहेको र मतदाता परिचय पत्रमा ‘प्रिन्ट मिस्टेक’ रहेको अधिकारिक जानकारी दिएपछि उजुरी खारेज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।