काठमाडौं– डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जना नेताहरू नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने भएका छन्।
उनीहरूले आइतबार उम्मेदवारी दर्ता गरिसकेका छन्। माओवादीका उम्मेदवारका रूपमा उनीहरूलाई सत्ता गठबन्धनले साथ दिनेछ। जसअनुसार प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार उम्मेदवार छन्।
प्रतिनिधि सभातर्फ काठमाडौं–७ बाट मानुषी यमि भट्टराई र सर्लाही–२ बाट महीन्द्र राय यादवले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, प्रदेश सभातर्फ गंगानारायण श्रेष्ठ सिन्धुली-२ (ख), फणिन्द्र देवकोटा गोरखा-२ (क), चिनक कुर्मी नवलपरासी (पश्चिम)-२ (क) र सुनिल साह सर्लाही-२ (क) बाट उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।