काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी मनोयनपछि मंगलबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
बैठक दिउँसो एक बजे बालुवाटारमा बस्नेगरि बोलाइएको छ। बैठकमा जसपाका मन्त्रीहरु हटाउने विषयसहित उम्मेदवारी मनोयनको पनि समीक्षा हुने जनाइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलादेखि सत्ता गठबन्धनमामा रहेको जसपामा हालै एमालेसँग गठबन्धन गर्न पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।