• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आफ्नो क्षेत्रमा अब्बल यी व्यक्ति सफल होलान् त राजनीतिमा?

64x64
नेपाल लाइभ मंगलबार, असोज २५, २०७९  ०९:०१
1140x725

काठमाडौं– देश अहिले चुनावमय भएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न क्षेत्रमा आफ्नो परिचय बनाएकाहरु होमिएका छन्। 

यसरी राजनीतिमा आउनेमा कलाकार, डाक्टर, टेलिभिजन कार्यक्रम प्रस्तोतादेखि शिक्षाविद्‌सम्मका मानिसहरु छन्। उनीहरु आफ्नो क्षेत्रमा अब्बल छन्। तर राजनीतिको मैदानमा सफल हुन्छन् कि हुँदैनन् त्यो हेर्न मतदान नै कुर्नुपर्ने हुन्छ। 

मनोज पण्डित
फिल्म निर्देशक मनोज पण्डितले काभ्रेपलान्चोक–२ बाट उम्मेदवारी दिएका छन्। फिल्म क्षेत्रमा आफ्नो दरिलो परिचय बनाइसकेका पण्डितले केहीअघि मात्रै उम्मेदवारी दिने घोषणा गरेका थिए। नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाविरुद्ध उम्मेदवारी दिएको उनी बताउँछन्। 

रेखा थापा 
अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले मोरङ–३ बाट उम्मेदवारी दिएकी छन्। उनको प्रतिस्पर्धा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मा र एमालेको तर्फबाट भानुभक्त ढकालसँग हुने भएको छ।

राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा कुन्ति शाहिसँग पराजित भएकी उनी राप्रपामा प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्रमा आबद्ध थिइन्। रेखाले नेपाली फिल्म क्षेत्रमा कलाकारसँगै निर्देशकका रुपमा आफ्नो छवि बनाएकी छन्। 

उनले हिम्मतवाली, काली, मालिका जस्ता फिल्म निर्माण गरेकी छन्। रेखा पछिल्लो समय महिला सशक्तिकरणका विषयवस्तुलाई समेटर मात्र फिल्म बनाउँदै आएकी छन्।

हिमेश पन्त 
कमेडियन हिमेश पन्तले धादिङ्ग १ बाट रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। हिमेश कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता पनि हुन्। 

हिमेशले एमालेका भूमिप्रसाद त्रिपाठी र सत्ता गठबन्धनका साझा उम्मेदवार तथा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नीति निर्माणको तहमा युवाको प्रतिनिधित्व आजको आवश्यकता रहेकाले आफूले उम्मेदवारी दिएको उनी बताउँछन्। उनी भन्छन्, ‘एउटा युवाले देखाएको साहसलाई सकारात्मक रुपमा हेरिन्छ भन्ने कुरामा म विश्वस्त छु। राजनीतिक र सामाजिक विकृतिमाथि गर्दै आएको हास्य–व्यङ्ग्य अब त्यसमा मात्र सिमित हुँदैन। त्यसलाई देश विकास र राजनीतिक परिवर्तनमा अहम भूमिका खेल्नेछु।’

डा सचिन घिमिरे 
फिल्म निर्देशक सचिन घिमिरे ललितपुर १ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। एमालेका नवराज सिलवाल र गठबन्धनका साझा उम्मेदवार उदय शम्सेर राणासँग उनले चुनावी प्रतिस्पर्धा गर्नेछन्। २०७४ मा यो क्षेत्र नवराज सिलवालले जितेका हुन्। भारतस्थित जवरलाल नेहरु विश्वविद्यालयबाट चिकित्सा मानवशास्त्रमा विद्यावारिधि गरेका उनले दर्जनौं फिल्मको निर्देशन गरेका छन्। 

डा. भोजराज अधिकारी
नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका डाक्टर भोजराज अधिकारीलाई चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टिकट पाएपछि डा अधिकारीले अस्पतालको अध्यक्षबाट राजीनामा दिएका थिए। 

डा अधिकारी यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट चुनावी मैदानमा छन्। प्रचण्ड भने गोरखा २ बाट उम्मेदवार बनेका छन्। 

उम्मेदवारी दर्तापछि उनले चुनाव जितेपछि स्वास्थ्यमन्त्रीको दाबी गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने आफ्नो योजना रहेको बताएका छन्। 

डा तोसिमा कार्की
डा तोसिमा कार्कीले आगामी प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तिकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगायतका अजेन्डासहित प्रतिनिधि सभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्य चिकित्सकका रूपमा कार्यरत थिइन्।

शिशिर खनाल
‘टिच फर नेपाल’का सह संस्थापक शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन्। अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका खनाल रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन्। 

उनले स्थापना गरेको ‘टिच फर नेपाल’ले देशका कुना कुनामा पुगेर विद्यालयहरूको शिक्षा क्षेत्र सुधारको काम गरिरहेको छ। उक्त संस्थाले सरकारी विद्यालयमा अध्ययनरत ५० हजारभन्दा धेरै विद्यार्थीहरुलाई पढाउने गरेको छ। 

रमेश खरेल
नेपाल प्रहरीका पूर्व डीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

यो क्षेत्रमा चर्चित नेताहरू प्रतिस्पर्धामा छन्। काठमाडौं–१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,  नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन्।

माया गुरुङ
विश्वका सातवटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल उनले सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी माया गुरुङले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएकी छन्। 

गत स्थानीय चुनावमा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले यो पटक भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी छन्। 

सञ्जय श्रेष्ठ
काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनी केही समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका थिए। राप्रपाले उनलाई कुनै पनि  क्षेत्रमा टिकट दिन नचाहेपछि उनले आफूलाई उक्त पार्टीवाट अलग भएको घोषणा शनिबार गरेका थिए। लामो समय विदेश बसेका श्रेष्ठ देशमै राजनीतिमा सक्रिय हुने भन्दै आएका थिए। 

डा प्रणय शमशेर राणा
यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा डा प्रणय शमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन्। उनले  प्रदेश (१) तर्फ सस्मित पोख्रेल र प्रदेश (२) तर्फ जगन्नाथ लामिछानेलाई अगाडि सारेका छन्। 

माओवादी द्वन्द्वकालमा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर सात वर्ष काम गरेका राणाले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा पिएचडी गरेका छन्। अमेरिकाको जनस्वास्थ्यसम्बन्धी काम गर्ने संस्था सिडिसीमा सल्लाहकार भएरसमेत उनले नीति निर्माणको तहमा काम गरिसकेका छन्।

रवि लामिछाने 
टेलिभिज कार्यक्रममार्फत् आकर्षण बटुलेका पूर्व सञ्चारकर्मी रवि लामिछाने यसपटक नयाँ दल दर्ता गरेर चुनावी मैदानमा होमिएका छन्। लामो समय विदेश बसेर फर्केसँगै सञ्चार कर्ममा सक्रिय रहेका लामिछाने वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको पक्षमा जनताको लहर देखेपछि आर्कषित भएका थिए।

स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन शाह र धरानमा हर्क साङपाङ तथा धनगढीमा गोपी हमालको विजयले उनी उत्साहित हुँदै टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्। निर्वाचन आयोगले उनको पार्टीलाई ‘घण्टी’ निर्वाचन चिह्न दिएको छ। लामिछानेले प्रतिनिधि सभाको लागि चितवन २ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनले उमेश श्रेष्ठ र नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ। 

‘सितेका बा’
हास्य टेली शृङ्खला ‘सक्किगो नी’ बाट ‘सितेका बा’ नामले प्रख्यात कलाकार मधुसूधन पाठकले आसन्न चुनावमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले काठमाडौं क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्। यसअघि पाठकले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमामार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्