काठमाडौं– सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका विजयकुमार गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
काठमाडौं महानगरपालिका–७ का विवेक अधिकारीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन्।
अधिकारीले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेज गर्न माग गरेका छन्।
साथै अधिकारीले गच्छदारले विगतका निर्वाचनमा पनि विभिन्न गौरकानुनी कामहरु गरेको भन्दै उक्त मुद्दाहरुसमेत सर्वोच्चमा विचाराधीन रहेकाले उम्मेदवारी रद्द गर्न माग गरेका छन्।
नेपाली कांग्रेसका पूर्व उपसभापति गच्छदार ललिता निवासमा प्रकरणमा मुछिएपछि संसद्को कार्यकालमा पनि निलम्बनमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।