• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

विवादित व्यक्ति चुनावी मैदानमा : कोही भ्रष्टाचार आरोपी त कोही ज्यान मुद्दाका फरार 

64x64
सुमित्रा कार्की सोमबार, असोज २४, २०७९  १९:२५
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न अभियोग लागेर विवादित बनेका व्यक्तिहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तो आरोप लागेकामध्ये कोही ज्यान मुद्दाका फरार आरोपी रहेका छन् त कोही भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। यद्यपि यस्ता उम्मेदवार प्राय: सबै दलका नेताहरु नै हुन्। 

आइतबार भएको मनोनयनमा यस्ता व्यक्तिले कोही आफैं उपस्थित भएर उम्मेदवारी दिएका छन् भने केहीले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। यसरी उम्मेदवारी दिनेमध्येका एक हुन् विजयकुमार गच्छदार। कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिएका छन्। उनी निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन आफैं उपस्थित भएका थिए। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि उनी फरार हुँदै आएका थिए। तर, पछि अदालतमा उपस्थित भएर उनी धरौटीमा छुटेका थिए। 

तर, विशेष अदालतमा उनीविरुद्धको मुद्दा अहिले पनि विचाराधीन छ। यस्तै विवादितमध्येका अर्का उम्मेदवार हु्न् टेकबहादुर गुरुङ। कांग्रेस नेता गुरुङले पनि आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गरेका थिए। 

उनले पनि भ्रष्टाचारको अभियोग खेपिरहेका छन्। फनपार्कको जग्गामा भ्रष्टाचार गरेको आरोपमा गुरुङविरुद्ध २०७६ माघमा मुद्दा परेको थियो। उनीमाथि ३१ करोड बिगो दाबी गरिएको थियो। २०७५ चैत्रमा धरौटीमा छुटेका थिए। उनलाई सर्वोच्च अदालतले साधारण तारेखमा छाडेको थियो। 

भ्रष्टाचार आरोपी मात्र होइन, कर्तव्य ज्यान मुद्दामा पक्राउ पूर्जी जारी भएर फरार रहेका आरोपीले पनि यसपटक उम्मेदवारी दर्ता गरएका छन्। जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पूर्जी जारी भएका एक आरोपितले वारेसमार्फत् प्रदेश सभाको उम्मेदवारी दर्ता गराएका छन्। 

सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बन्दै युद्ध विक्रम तामाङ (डिवी लामा) ले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट उनीविरुद्ध केही महिनाअघि पक्राउ पूर्जी जारी भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनी उम्मेदवारी दर्ता गर्न आउने हल्लापछि प्रहरी पक्राउ गर्ने तयारीका साथ पुगेको थियो। प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि उनी उम्मेदवारी दर्ता गर्न आएनन्। उनले आफ्नो उम्मेदवारी अधिवक्ता एवं एक जनप्रतिनिधिमार्फत् वारेस राखेर दर्ता गराए।

अधिवक्ता शशिनाथ आचार्यमार्फत् वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य इन्द्रावती गाउँपालिका ६ का वडाध्यक्ष हुन्। उनीविरुद्ध रोजिन बस्नेतसहित ६ जनाले जेठ २ गते ईलाका प्रहरी कार्यालय, बाह्रबिसेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धानपछि उनीविरुद्ध कर्तव्य ज्यानको उद्योगमा मुद्दा दायर गरेको थियो। असार ९ गते जिल्ला अदालत सिन्धुपाल्चोकमा दायर भएको मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेको छ। एमाले नेताहरुले भने उनी सोमबार अदालत उपस्थित भएर न्यायिक प्रक्रियाको सम्मान गर्ने बताएका छन्।

यस्तै कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन्। उनले भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन्। 

उनलाई कांग्रेसले २०७५ पुसमै पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीबाट निष्काशन गरेको थियो। अहिले उनले रामचन्द्र पौडेलको प्रतिस्पर्धी बनेर उम्मेदवारी दर्ता गराएका छन्। उनीविरुद्धको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै नागारिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले बर्दिया २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। चौधरी व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएर हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनलाई जिल्ला र उच्च अदालतले जन्म कैदको फैसला सुनाएको हो। उनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। 

यसैगरी, जन्मकैदकै सजाय तोकिएका अर्का दोषी लक्ष्मण थारूले कैलाली–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन्। उनलाई पनि व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएको छ। उनलाई जिल्ला उच्च अदालतले दोषी ठहर गरेको छ। तर, उनी अहिले फरार सूचीमा रहेका छन्। उनको मुद्दा पनि अहिले सर्वोच्चामा विचाराधीन छ। 

आइतबार जनता समाजवादी पार्टीबाट बाहिरिएर नेकपा एमालेमा प्रवेश गरेका लक्ष्मी महतोले महोत्तरी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा मुछिएका उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई विक हत्या प्रकरणका अभियुक्त महतोले मिथिलेशप्रसाद यादवमार्फत् मनोनयन दर्ता गराएका छन्।

यस्तै रातो पासपोर्ट दुरुपयोग मुद्दामा विवादित बनेका एमाले नेता नारदमुनि रानाथारुले पनि कैलाली ५ बाट प्रतितिनिध सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनलाई रातोपासपोर्ट बेचेको आरोप लागेको छ। उनीविरुद्धको उक्त मुद्दा सर्वोच्चमा अहिले विचारधीन छ। विशेष अदालतबाट भने उनले सफाइ पाइसकेका छन्। 

यस्तै विभिन्न आयोजनाको ठेक्दा लिएर अलपत्र पारेको आरोप लागेका राप्रपा नेता विक्रम पाण्डेले पनि यसपटक उम्मेदवारी दर्ता गराएका छन्। उनले चितवन ३ बाट आफ्नो उम्मेदवारी दिएका हुन्। सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ। विशेष अदालतले चार करोड धरौटीमा २०७५ माघ मा छाडे पनि उनको मुद्दाको टुंगो भने लागिसकेको छैन। उनीविरुद्धको उक्त मुद्दा विशेष अदालतमा अहिले पनि विचाराधीन छ। 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्