• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

विवादित व्यक्ति चुनावी मैदानमा : कोही भ्रष्टाचार आरोपी त कोही ज्यान मुद्दाका फरार 

64x64
सुमित्रा कार्की सोमबार, असोज २४, २०७९  १९:२५
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न अभियोग लागेर विवादित बनेका व्यक्तिहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तो आरोप लागेकामध्ये कोही ज्यान मुद्दाका फरार आरोपी रहेका छन् त कोही भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। यद्यपि यस्ता उम्मेदवार प्राय: सबै दलका नेताहरु नै हुन्। 

आइतबार भएको मनोनयनमा यस्ता व्यक्तिले कोही आफैं उपस्थित भएर उम्मेदवारी दिएका छन् भने केहीले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। यसरी उम्मेदवारी दिनेमध्येका एक हुन् विजयकुमार गच्छदार। कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिएका छन्। उनी निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन आफैं उपस्थित भएका थिए। 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि उनी फरार हुँदै आएका थिए। तर, पछि अदालतमा उपस्थित भएर उनी धरौटीमा छुटेका थिए। 

तर, विशेष अदालतमा उनीविरुद्धको मुद्दा अहिले पनि विचाराधीन छ। यस्तै विवादितमध्येका अर्का उम्मेदवार हु्न् टेकबहादुर गुरुङ। कांग्रेस नेता गुरुङले पनि आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गरेका थिए। 

उनले पनि भ्रष्टाचारको अभियोग खेपिरहेका छन्। फनपार्कको जग्गामा भ्रष्टाचार गरेको आरोपमा गुरुङविरुद्ध २०७६ माघमा मुद्दा परेको थियो। उनीमाथि ३१ करोड बिगो दाबी गरिएको थियो। २०७५ चैत्रमा धरौटीमा छुटेका थिए। उनलाई सर्वोच्च अदालतले साधारण तारेखमा छाडेको थियो। 

भ्रष्टाचार आरोपी मात्र होइन, कर्तव्य ज्यान मुद्दामा पक्राउ पूर्जी जारी भएर फरार रहेका आरोपीले पनि यसपटक उम्मेदवारी दर्ता गरएका छन्। जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पूर्जी जारी भएका एक आरोपितले वारेसमार्फत् प्रदेश सभाको उम्मेदवारी दर्ता गराएका छन्। 

सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बन्दै युद्ध विक्रम तामाङ (डिवी लामा) ले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट उनीविरुद्ध केही महिनाअघि पक्राउ पूर्जी जारी भएको थियो। 

Ncell 2
Ncell 2

पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनी उम्मेदवारी दर्ता गर्न आउने हल्लापछि प्रहरी पक्राउ गर्ने तयारीका साथ पुगेको थियो। प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि उनी उम्मेदवारी दर्ता गर्न आएनन्। उनले आफ्नो उम्मेदवारी अधिवक्ता एवं एक जनप्रतिनिधिमार्फत् वारेस राखेर दर्ता गराए।

अधिवक्ता शशिनाथ आचार्यमार्फत् वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य इन्द्रावती गाउँपालिका ६ का वडाध्यक्ष हुन्। उनीविरुद्ध रोजिन बस्नेतसहित ६ जनाले जेठ २ गते ईलाका प्रहरी कार्यालय, बाह्रबिसेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धानपछि उनीविरुद्ध कर्तव्य ज्यानको उद्योगमा मुद्दा दायर गरेको थियो। असार ९ गते जिल्ला अदालत सिन्धुपाल्चोकमा दायर भएको मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेको छ। एमाले नेताहरुले भने उनी सोमबार अदालत उपस्थित भएर न्यायिक प्रक्रियाको सम्मान गर्ने बताएका छन्।

यस्तै कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन्। उनले भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन्। 

उनलाई कांग्रेसले २०७५ पुसमै पार्टीको हित विपरीत काम गरेको भन्दै पार्टीबाट निष्काशन गरेको थियो। अहिले उनले रामचन्द्र पौडेलको प्रतिस्पर्धी बनेर उम्मेदवारी दर्ता गराएका छन्। उनीविरुद्धको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ। 

यस्तै नागारिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले बर्दिया २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। चौधरी व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएर हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनलाई जिल्ला र उच्च अदालतले जन्म कैदको फैसला सुनाएको हो। उनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। 

यसैगरी, जन्मकैदकै सजाय तोकिएका अर्का दोषी लक्ष्मण थारूले कैलाली–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन्। उनलाई पनि व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएको छ। उनलाई जिल्ला उच्च अदालतले दोषी ठहर गरेको छ। तर, उनी अहिले फरार सूचीमा रहेका छन्। उनको मुद्दा पनि अहिले सर्वोच्चामा विचाराधीन छ। 

आइतबार जनता समाजवादी पार्टीबाट बाहिरिएर नेकपा एमालेमा प्रवेश गरेका लक्ष्मी महतोले महोत्तरी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा मुछिएका उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई विक हत्या प्रकरणका अभियुक्त महतोले मिथिलेशप्रसाद यादवमार्फत् मनोनयन दर्ता गराएका छन्।

यस्तै रातो पासपोर्ट दुरुपयोग मुद्दामा विवादित बनेका एमाले नेता नारदमुनि रानाथारुले पनि कैलाली ५ बाट प्रतितिनिध सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनलाई रातोपासपोर्ट बेचेको आरोप लागेको छ। उनीविरुद्धको उक्त मुद्दा सर्वोच्चमा अहिले विचारधीन छ। विशेष अदालतबाट भने उनले सफाइ पाइसकेका छन्। 

यस्तै विभिन्न आयोजनाको ठेक्दा लिएर अलपत्र पारेको आरोप लागेका राप्रपा नेता विक्रम पाण्डेले पनि यसपटक उम्मेदवारी दर्ता गराएका छन्। उनले चितवन ३ बाट आफ्नो उम्मेदवारी दिएका हुन्। सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ। विशेष अदालतले चार करोड धरौटीमा २०७५ माघ मा छाडे पनि उनको मुद्दाको टुंगो भने लागिसकेको छैन। उनीविरुद्धको उक्त मुद्दा विशेष अदालतमा अहिले पनि विचाराधीन छ। 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्