धनगढी– नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण थारुविरुद्ध उजुरी दर्ता भएको छ।
आइतबार वारेसनामामार्फत् कैलाली–५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मणविरुद्ध सोमबार उजुरी दर्ता भएको हो।
मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मणविरुद्ध उजुरी दर्ता भएको जानकारी दिए।
उनीविरुद्ध कैलालीको धनगढी उपमहानगरपालिका–१५ बस्ने रामबहादुर सिंहले उजुरी दर्ता गराएका हुन्। उनीविरुद्ध परेको उजुरीबारे छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत अर्यालले जानकारी दिए।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा अन्य उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए। कैलालीमा आइतबार प्रतिनिधि तथा प्रदेश सभामा एक सय ४४ जनाको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।