• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेबाट प्रभु साहले विद्रोह गर्नुका तीन कारण

64x64
नेपाल लाइभ सोमबार, असोज २४, २०७९  १७:४४
1140x725

काठमाडौं– उम्मेदवारी दर्ता गराउनु दुई दिनअघिसम्म नेकपा एमाले नेता प्रभु शाह अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा भित्र्याउन निकै सक्रिय थिए। २०७९ असोज २१ उनले रौतहट फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्यासी अजय यादव लगायतका नेता-कार्यकर्ताहरुलाई अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुर्‍याएर पार्टीमा भित्र्याए। त्यसको दुई दिनपछि अर्थात् उम्मेदवार मनोनयनका दिन उनी आफैं पार्टीबाट 'बाहिरिएका' छन्। अर्थात् आफू र आफ्नो समूहका नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएका छन्। 

उनको विद्रोहएमालेका तल्लो तहका नेता र कार्यकर्ताका आँखामा अनपेक्षित देखियो। तर, एमालेको शीर्ष नेतृत्वले यसको संकेत पाइसकेको थियो। त्यसैले साहको कदमलाई अप्रत्यासित घटनाका रुपमा लिएको छैन।

साहसँग निकटस्थहरु साहले एमालेलाई आफ्नो विद्रोहको संकेत यसअघि पनि पटक-पटक दिइसकेको बताउँछन्। साहनिकट एक नेताले भने,  ‘यसअघि पनि एमाले परित्याग गर्ने प्रयास गरिएकै हो। आइटी सेना बनाएर आफ्नो शक्ति एकीकृत गर्ने अभ्यास समेत भएको हो। त्यो बेला अध्यक्ष ओलीले उहाँसँग संवाद गरेर सामसुम पार्नुभयो।’ नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’सँगै एमालेमै रहेका पूर्वमाओवादी केन्द्रका नेता साहलाई ‘एडजस्ट’ गर्न भने सुरुदेखि नै सकस परेको थियो। 

महासेठसँगको बढ्दो टकराव
माओवादी केन्द्रबाट एमालेमै रहँदा साह आफू मात्रै होइन,  मधेश प्रदेशमा ठूलो संख्या सँगै राख्न सफल भएका थिए। त्यसको प्रभाव समेत देखिन्थ्यो। गएको निर्वाचनमा पाँचौ पार्टीमा धकेलिएको एमाले साहको पार्टी प्रवेशसँग बलियो हुँदै गएको संकेत देखिन थालिसकेका थिए।

त्यसैले एमालेको पार्टी नेतृत्वले समेत उनलाई महत्त्व दियो। मधेश प्रदेशबाट एमालेमा हालीमुहाली गरिरहेका छन् सचिव रघुवीर महासेठ। साह आएपछि उनले आफ्नो सत्तामा कतैबाट धक्का दिएको महसुस गर्न थाले। एमालेको शीर्ष नेतृत्वका प्रिय उनले साहलाई अप्रत्यक्ष रुपमा ‘किनार’तिर धकेल्ने प्रयास गर्न थाले। 

पार्टीको पोर्टफोलियोमा महासेठ माथि भएपनि प्रभावका हिसाबले मधेश प्रदेशमा आफूलाई केन्द्रमा राखेर नेतृत्व चल्नुपर्ने साहको बुझाइ थियो। महासेठको एमालेमा ‘फाइल’ बढुवा भएको तर आफू एउटा आन्दोलनकै नेतृत्व गरेर नेता भएको साहले बताउने गरेका थिए।   

पार्टीमा आर्थिक प्रभाव जमाएका महासेठको मधेश प्रदेशमा पुरानै सामाजिक प्रभाव र रवाफ थियो। जसले उक्त प्रदेशमा एमालेको संगठन मजबुत बनाउन सक्रिय साहलाई आत्मैदेखि स्वीकार गर्न रोकिरह्यो। विद्रोहको एउटा कारणका रुपमा यसलाई लिइएको छ।  

जसपा–एमाले तालमेलप्रति असन्तुष्टि
महासेठसँग चिसिदै गएको सम्बन्धको तापक्रम अध्यक्ष ‌ओलीसँग निकट रहेर व्यवस्थापन गरिरहेका थिए साहले। मधेश प्रदेशमा तालमेलको कुरा उठ्दा लोकतान्त्रिक समाजवादी पार्टीसम्मलाई केही सिट दिएर समायोजन गर्न सकिने राय साहले राखेका थिए। तर, जनता समाजवादी पार्टी (जसपा)सँग हात बढाउने कुरा उठेदेखि नै उनले फरक मत राखेका थिए। 

Ncell 2
Ncell 2

एमालेले नागरिकता विधेयकमा वैवाहिक अंगीकृतलाई ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएको थियो। जसपाले मधेश प्रदेशमा शृंखलाबद्ध आन्दोलन र भण्डाफोरकै घोषणा गर्‍यो। साह त्यसविरुद्ध डटेका थिए। जसपाकै नेता-कार्यकर्ता एमालेमा भित्र्याउन सक्रिय भइरहे। 

साहको पार्टीमा ब्रिफिङ हुन्थ्यो,  ‘जसपा मंसिर ४ सम्म निकै कमजोर हुन्छ। धेरै नेताकार्यकर्ता एमालेमा आइसके। फेरि आउनेछन्।’ साहले भनेअनुसार नै एमालेमा प्रवेश गर्ने लहरमा सबैभन्दा धेरै जसपाकै नेता कार्यकर्ता थिए। धेरै साहमार्फत् एमालेमा प्रवेश गरिरहेका थिए। 

यही बीचमा जसपाले सत्ता गठबन्धनमा अपेक्षित भाग पाएन। विकल्पमा एमालेसँग संवाद गर्नेतर्फ लाग्यो। त्यसका लागि मधेश प्रदेशको नेताका रुपमा समन्वयका लागि अघि सरे महासेठ। अध्यक्ष ‌ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचमा संवाद गराउन महासेठको सक्रिय भूमिका रह्यो। यहाँनेर साहले अपमान महसुस गरे। त्यसैमाथि महासेठकै सेटिङमा आफूले एमाले प्रवेश गराएका जसपाका नेतालाई टिकट रोक्नेगरी सिट बाँडफाँट गरिएको साहले बुझे।

‘सिट बाँडफाँटका क्रममा आफूलाई सहभागी गराइनुपर्ने साहको बुझाइ थियो तर महासेठलाई विश्वास गरेर केन्द्रीय नेतृत्वले जसपासँग तालमेल टुंग्यायो,’ साहनिकट ती नेताले भने। त्यसपछि भने साहमा प्रतिशोधकै भावना पलाएको उनी बताउँछन्। जसपाले प्राप्त गरेका सिटमा आफूनिकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाए भने आफूले एमालेबाट सिट पाउँदा पाउँदै पनि साहले रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिए। उनले विद्रोहगरेपनि एमालेले उनीबिरुद्ध उम्मेदवार उठाएको छैन। 

डा बाबुराम भट्टराईसँग बढेको संवाद
तत्कालीन माओवादीमा साह डा बाबुराम भट्टराई निकट नेता मानिन्थे। डा भट्टराईले माओवादी केन्द्र छाड्दा सँगै जानेमा साहको नाम समेत थियो। तर, उनलाई मन्त्री बनाएर रोकियो। डा भट्टराईनिकट भनेर चिनिएका साह नेकपा फुट्दा प्रचण्डसँगै माओवादीतिर जान चाहेनन्। 

डा भट्टराई यो निर्वाचनसँगै माओवादी केन्द्रमै फर्किने संकेतहरु बढेका छन्। पूर्वमाओवादीहरुलाई फर्काउने मिसनको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा भट्टराईलाई दिएका छन्। संसदीय राजनीतिबाट बिदा भएका भट्टराई पार्टी राजनीतिमा केन्द्रित हुँदैछन्। कुनै समयका आफूनिकट नेता साहसँग डा भट्टराईले संवाद बढाएको बुझिएको छ। 

आइतबार बिहानदेखि साहले एमालेबाट विद्रोहगर्ने हल्ला चलेपछि माओवादी अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनले साहसँग फोन सम्पर्क गरेको उनीनिकट नेताहरु बताउँछन्। उनीहरुले माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचन लड्न प्रस्ताव समेत गरेको दाबी साहनिकट नेताहरुको छ। तर, साहले आफू मात्रै नभएर अन्य केही नेताहरु स्वतन्त्र रुपमा चुनाव लड्ने तयारीमा रहेकाले सम्भव नभएको जवाफ दिएका थिए।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:४४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्