• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमालेबाट प्रभु साहले विद्रोह गर्नुका तीन कारण

64x64
नेपाल लाइभ सोमबार, असोज २४, २०७९  १७:४४
1140x725

काठमाडौं– उम्मेदवारी दर्ता गराउनु दुई दिनअघिसम्म नेकपा एमाले नेता प्रभु शाह अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा भित्र्याउन निकै सक्रिय थिए। २०७९ असोज २१ उनले रौतहट फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्यासी अजय यादव लगायतका नेता-कार्यकर्ताहरुलाई अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुर्‍याएर पार्टीमा भित्र्याए। त्यसको दुई दिनपछि अर्थात् उम्मेदवार मनोनयनका दिन उनी आफैं पार्टीबाट 'बाहिरिएका' छन्। अर्थात् आफू र आफ्नो समूहका नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएका छन्। 

उनको विद्रोहएमालेका तल्लो तहका नेता र कार्यकर्ताका आँखामा अनपेक्षित देखियो। तर, एमालेको शीर्ष नेतृत्वले यसको संकेत पाइसकेको थियो। त्यसैले साहको कदमलाई अप्रत्यासित घटनाका रुपमा लिएको छैन।

साहसँग निकटस्थहरु साहले एमालेलाई आफ्नो विद्रोहको संकेत यसअघि पनि पटक-पटक दिइसकेको बताउँछन्। साहनिकट एक नेताले भने,  ‘यसअघि पनि एमाले परित्याग गर्ने प्रयास गरिएकै हो। आइटी सेना बनाएर आफ्नो शक्ति एकीकृत गर्ने अभ्यास समेत भएको हो। त्यो बेला अध्यक्ष ओलीले उहाँसँग संवाद गरेर सामसुम पार्नुभयो।’ नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’सँगै एमालेमै रहेका पूर्वमाओवादी केन्द्रका नेता साहलाई ‘एडजस्ट’ गर्न भने सुरुदेखि नै सकस परेको थियो। 

महासेठसँगको बढ्दो टकराव
माओवादी केन्द्रबाट एमालेमै रहँदा साह आफू मात्रै होइन,  मधेश प्रदेशमा ठूलो संख्या सँगै राख्न सफल भएका थिए। त्यसको प्रभाव समेत देखिन्थ्यो। गएको निर्वाचनमा पाँचौ पार्टीमा धकेलिएको एमाले साहको पार्टी प्रवेशसँग बलियो हुँदै गएको संकेत देखिन थालिसकेका थिए।

त्यसैले एमालेको पार्टी नेतृत्वले समेत उनलाई महत्त्व दियो। मधेश प्रदेशबाट एमालेमा हालीमुहाली गरिरहेका छन् सचिव रघुवीर महासेठ। साह आएपछि उनले आफ्नो सत्तामा कतैबाट धक्का दिएको महसुस गर्न थाले। एमालेको शीर्ष नेतृत्वका प्रिय उनले साहलाई अप्रत्यक्ष रुपमा ‘किनार’तिर धकेल्ने प्रयास गर्न थाले। 

पार्टीको पोर्टफोलियोमा महासेठ माथि भएपनि प्रभावका हिसाबले मधेश प्रदेशमा आफूलाई केन्द्रमा राखेर नेतृत्व चल्नुपर्ने साहको बुझाइ थियो। महासेठको एमालेमा ‘फाइल’ बढुवा भएको तर आफू एउटा आन्दोलनकै नेतृत्व गरेर नेता भएको साहले बताउने गरेका थिए।   

पार्टीमा आर्थिक प्रभाव जमाएका महासेठको मधेश प्रदेशमा पुरानै सामाजिक प्रभाव र रवाफ थियो। जसले उक्त प्रदेशमा एमालेको संगठन मजबुत बनाउन सक्रिय साहलाई आत्मैदेखि स्वीकार गर्न रोकिरह्यो। विद्रोहको एउटा कारणका रुपमा यसलाई लिइएको छ।  

जसपा–एमाले तालमेलप्रति असन्तुष्टि
महासेठसँग चिसिदै गएको सम्बन्धको तापक्रम अध्यक्ष ‌ओलीसँग निकट रहेर व्यवस्थापन गरिरहेका थिए साहले। मधेश प्रदेशमा तालमेलको कुरा उठ्दा लोकतान्त्रिक समाजवादी पार्टीसम्मलाई केही सिट दिएर समायोजन गर्न सकिने राय साहले राखेका थिए। तर, जनता समाजवादी पार्टी (जसपा)सँग हात बढाउने कुरा उठेदेखि नै उनले फरक मत राखेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले नागरिकता विधेयकमा वैवाहिक अंगीकृतलाई ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएको थियो। जसपाले मधेश प्रदेशमा शृंखलाबद्ध आन्दोलन र भण्डाफोरकै घोषणा गर्‍यो। साह त्यसविरुद्ध डटेका थिए। जसपाकै नेता-कार्यकर्ता एमालेमा भित्र्याउन सक्रिय भइरहे। 

साहको पार्टीमा ब्रिफिङ हुन्थ्यो,  ‘जसपा मंसिर ४ सम्म निकै कमजोर हुन्छ। धेरै नेताकार्यकर्ता एमालेमा आइसके। फेरि आउनेछन्।’ साहले भनेअनुसार नै एमालेमा प्रवेश गर्ने लहरमा सबैभन्दा धेरै जसपाकै नेता कार्यकर्ता थिए। धेरै साहमार्फत् एमालेमा प्रवेश गरिरहेका थिए। 

यही बीचमा जसपाले सत्ता गठबन्धनमा अपेक्षित भाग पाएन। विकल्पमा एमालेसँग संवाद गर्नेतर्फ लाग्यो। त्यसका लागि मधेश प्रदेशको नेताका रुपमा समन्वयका लागि अघि सरे महासेठ। अध्यक्ष ‌ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचमा संवाद गराउन महासेठको सक्रिय भूमिका रह्यो। यहाँनेर साहले अपमान महसुस गरे। त्यसैमाथि महासेठकै सेटिङमा आफूले एमाले प्रवेश गराएका जसपाका नेतालाई टिकट रोक्नेगरी सिट बाँडफाँट गरिएको साहले बुझे।

‘सिट बाँडफाँटका क्रममा आफूलाई सहभागी गराइनुपर्ने साहको बुझाइ थियो तर महासेठलाई विश्वास गरेर केन्द्रीय नेतृत्वले जसपासँग तालमेल टुंग्यायो,’ साहनिकट ती नेताले भने। त्यसपछि भने साहमा प्रतिशोधकै भावना पलाएको उनी बताउँछन्। जसपाले प्राप्त गरेका सिटमा आफूनिकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाए भने आफूले एमालेबाट सिट पाउँदा पाउँदै पनि साहले रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिए। उनले विद्रोहगरेपनि एमालेले उनीबिरुद्ध उम्मेदवार उठाएको छैन। 

डा बाबुराम भट्टराईसँग बढेको संवाद
तत्कालीन माओवादीमा साह डा बाबुराम भट्टराई निकट नेता मानिन्थे। डा भट्टराईले माओवादी केन्द्र छाड्दा सँगै जानेमा साहको नाम समेत थियो। तर, उनलाई मन्त्री बनाएर रोकियो। डा भट्टराईनिकट भनेर चिनिएका साह नेकपा फुट्दा प्रचण्डसँगै माओवादीतिर जान चाहेनन्। 

डा भट्टराई यो निर्वाचनसँगै माओवादी केन्द्रमै फर्किने संकेतहरु बढेका छन्। पूर्वमाओवादीहरुलाई फर्काउने मिसनको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा भट्टराईलाई दिएका छन्। संसदीय राजनीतिबाट बिदा भएका भट्टराई पार्टी राजनीतिमा केन्द्रित हुँदैछन्। कुनै समयका आफूनिकट नेता साहसँग डा भट्टराईले संवाद बढाएको बुझिएको छ। 

आइतबार बिहानदेखि साहले एमालेबाट विद्रोहगर्ने हल्ला चलेपछि माओवादी अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनले साहसँग फोन सम्पर्क गरेको उनीनिकट नेताहरु बताउँछन्। उनीहरुले माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचन लड्न प्रस्ताव समेत गरेको दाबी साहनिकट नेताहरुको छ। तर, साहले आफू मात्रै नभएर अन्य केही नेताहरु स्वतन्त्र रुपमा चुनाव लड्ने तयारीमा रहेकाले सम्भव नभएको जवाफ दिएका थिए।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:४४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्