काठमाडौं– मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत गरेको करिब ६ महिनापछि कार्यान्वयनमा आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो।
अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुलाई आकर्षण गर्न भन्दै बनेको कार्यविधिमा २०८३ भदौ मसान्तसम्मको लागि पोखरा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु शुल्क पूर्णरुपमा छुट गर्ने उल्लेख छ।
स्वीकृत कार्यविधिमा ७ दिनभित्रमा कार्यान्वयन गर्ने जनाए पनि निर्णय कार्यान्वयन हुन करिब ६ महिना लागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विमानस्थलबाट यात्रुहरुबाट लिँदै आएको सेवा शुल्क हटाउने निर्णय कार्यान्वयनमा आएको बताए।
यो निर्णयसँगै अब ती विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरुको भाडामा ३ हजार रुपैयाँ घट्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।