काठमाडौं– निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबार बिहानसम्म प्रविष्ट भएको तथ्यांक अनुसार प्रतिनिधि सभातर्फ करिब ९.३१२ प्रतिशत महिला उम्मेदवार छन्। यस्तै, प्रदेश सभातर्फ ८.६१४ प्रतिशत महिला रहेका आयोगले जनाएको छ।
प्रतिनिधि सभातर्फ कूल २ हजार ५०२ जानाले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये २३३ जना महिला र २ हजार २६९ पुरुष उम्मेदवार रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, प्रदेश सभातर्फ कूल ३ हजार ४३६ ले उम्मेदवारी दर्ता गराएको आयोगले बताएको छ। जसमध्ये, ३ हजार १३९ पुरुष, २९६ जना महिला र १ जना अन्य उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।