काठमाडौं– बलात्कार आरोप लागेर निलम्बनमा परेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं पुर्याइएको छ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो। जिल्ला अदालतका एक न्यायाधीशको इजलासले सोमबार पहिलोपटक म्याद थप गर्ने छ।
सरकारी पक्षले पहिलो पटकका लागि २५ दिनको म्याद माग गर्ने तयारी गरेको छ। नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनी न्यायिक हिरासतमा रहेका छन्।
यसअघि दशैं बिदाका कारण उनलाई अदालत पेस गर्न सकिएको थिएन। आजबाट अदालतको सेवा सुरु भएकाले अदालत लगिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।