काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने जनाएको छ।
उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ। उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ।
त्यस्तै २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्नेछ। आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।