काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र जंग शाहीले यसपटक पार्टीले नै विभिन्न षड्यन्त्र गरेर प्रतिनिधि सभा र प्रदेश सभामा जानबाट बञ्चित गरेको भन्दै अर्को पटकको चुनावमा पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
आइतबार राति सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि राख्दै शाहीले अबको पाँच वर्षपछि हुने कुनै पनि चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। कालीकोटबाट प्रतिनिधि सभामा दाबी गरे पनि गठबन्धनले उक्त क्षेत्रमा दुवै तहमा माओवादीलाई भाग पारेको थियो।
मनोनयनको अन्तिम समयसम्म पनि आफूले पार्टीको निर्णय कुरे पनि आफूलाई षड्यन्त्रपूर्वक टिकटबाट बञ्चित गरिएको उनको भनाइ छ। कांग्रेसको माहोल हुँदा हुँदै पनि आफूलाई राजनीतिमा निषेध गर्नका लागि प्रतिनिधि सभा र प्रदेश सभामा माओवादीलाई दिएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।