बाबियाचौर, म्याग्दी– कालीगण्डकी नदीले बगाएर म्याग्दीमा आज एक बालिका बेपत्ता भएकी छिन्।
अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर बेनपा–२ की १२ वर्षीया कृष्ट्रिना थापा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
रातोपानीस्थित कालीगण्डकी किनारमा रहेको तातोपानीमा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ।
थापाको खोजीका लागि भुरुङ तातोपानी, गलेश्वर र कालीपुल बसपार्कस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएपनि आज साँझसम्म पनि भेट्टाउन सकिएको छैन । फुपूको घरमा गएकी थापा नुहाउन कालीगण्डकी किनारमा गएकी थिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।