धनगढी– टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा जेलमा रहेका रेशमलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
उनले बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
आइतबार वारेसनामामार्फत् उनले प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका हुन्। उनको उम्मेदवारी जग्गुप्रसाद चौधरीले दर्ता गराए।
रेशम हाल डिल्लीबजार करागारमा छन्। उनी अघिल्लो निर्वाचनमा कैलाली–१ बाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।