• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

त्यसपछि रोकिए स्वर्णिम वाग्ले

64x64
नेपाल लाइभ आइतबार, असोज २३, २०७९  २१:३८
1140x725

काठमाडौं- बहुदलपछि नेपाली कांग्रेसको अर्थनीतिको नेतृत्व गरिरहेका डा रामशरण महत यसपल्ट सक्रिय राजनीतिबाट बिदा हुँदै थिए। डा महत बाहिरिएपछि खाली हुने पार्टीमा ‘अर्थविद्’ को स्पेश बनाउन कांग्रेसका केही अर्थविद्हरु प्रतिस्पर्धा गरिरहेका थिए। तीमध्ये विश्व पौडेल र स्वर्णिम वाग्लेको सबैभन्दा बढी प्रतिस्पर्धा थियो। 

संसदीय प्रणालीमा छिरेर कांग्रेसको अर्थनीतिको नेतृत्व गर्ने उक्त प्रतिस्पर्धामा पौडेलले बाजी मारेको जस्तो देखिएको छ। किनभने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने दुवैको प्रयत्न थियो तर पौडेल मात्रै सफल भएका छन्।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका पौडेलले चितवन-१ बाट टिकट पाएका छन्। सोही क्षेत्रबाट सिफारिस भएका वाग्ले यसपल्ट उम्मेदवार हुन वञ्चित भएका छन्।

चितवन- १ का साथै उनको काठमाडौं- ५ मा समेत चर्चा थियो। डा प्रकाशशरण महतले छाडेको उक्त क्षेत्रमा युवा नेताहरु प्रदीप पौडेल र नैनसिंह महरले पनि सुरुदेखि दाबी गरेका थिए। उक्त क्षेत्रमा कांग्रेसको संस्थापन पक्षनिकट नै रहेका पौडेलले टिकट पाएका छन्।

यी दुवै क्षेत्रमा टिकट नपाएका उनलाई काठमाडौं- ४ छाडेर भए पनि प्रतनिधि सभामा उम्मेदवार बनाउने शेखर-गगन समूहको प्रयत्नसमेत बालुवाटारले विफल पारिदिएको छ। सर्लाही- ४ बाटसमेत सिफारिस भएका महामन्त्री गगन थापाले शनिबार अबेरसम्म दुवै क्षेत्र रिजर्भ राखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, उक्त कुराको सुइँको पाएपछि बालुवाटारले आइतबार बिहानै काठमाडौं- ४ को टिकट सभापति देउवाकै गृहजिल्लावासी नेता नैनसिंह महरलाई थमायो। दिउँसोसम्म थापा झण्डै टिकटविहीन अवस्थामा पुगे। 

त्यसपछि भने वाग्लेलाई उम्मेदवार बनाइछाड्ने संस्थापनइतरको प्रयत्न असफल नै सावित भयो। कांग्रेस स्रोतका अनुसार सुरुदेखि नै देउवा निकट  समूह वाग्लेप्रति अनुदार थियो। खासगरी प्रधानमन्त्री पत्नी आरजु राणा, व्यवसायीहरु विनोद चौधरी, उमेश श्रेष्ठ र योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेलले वाग्लेलाई रोक्न सकेको प्रयत्न गरे।

देउवाले वाग्लेलाई टिकट दिन रुचि नदेखाएको देखिएपछि उक्त पक्षका वाग्लेप्रति सकारात्मक नेताहरुसमेत बोल्न सकेनन्। कुनै समय वाग्ले देउवानिकट नै थिए। 

एक समय संयोगले उनी डा शेखर कोइरालासँग कैलालीमा भएको एक कार्यक्रम मञ्च शेयर गर्न पुगे। त्यही घटनालाई देउवाको सचिवालय र स्वार्थ समूहले दूरी बढाउने औजारको रुपमा प्रयोग गरेको वाग्लेनिकट कांग्रेस नेताहरु बताउँछन्। 

त्यसपछि देउवासँग प्रत्यक्ष कुराकानीबाट वाग्ले अलग्याइए र पछिल्लो समय शेखर-गगनकै कित्तामा पुर्‍याइए। वाग्लेको बढ्दो लोकप्रियताले कांग्रेसकै केही नेताहरु झस्किएका थिए। सम्भावित प्रतिस्पर्धीका रुपमा उनलाई हेर्नेहरुले पनि उनलाई टिकटबाट वञ्चित गराउने केही नेताहरुको प्रयत्नमा सघाए।

यही बीचमा डा शेखर कोइरालाले एक बैठकमा वाग्लेलाई उम्मेदवार बनाउँदा कांग्रेसले समानुपातिकमासमेत भोट बढाउने दावी गरिदिए। उनको सार्वजनिक छवि राम्रो भएको बताउँदै उम्मेदवार बनाउन लबिङ गरेपछि देउवा पक्ष झन् झस्कियो। 

चितवन- १ मा रोक्न विश्व नै सक्रिय छँदै थिए। काठमाडौं- ५ मा रोक्न प्रदीप अघि सारिए। काठमाडौं- ४ को सम्भावित बाटो छेक्न महर ‘मोहरा’ मात्रै भए।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्