काठमाडौं– बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
दुवैले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधि सभातर्फ बाजुरामा एक मात्र क्षेत्र छ। पाण्डेलाई माओवादी र एकीकृत समाजवादीको साथ छ।
प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केशव विक र प्रदेश सभा (ख) मा कांग्रेसका पदमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रदेश सभा (क) मा बलदेव रेग्मी र प्रदेश सभा (ख)मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्।
बाजुरामा राप्रपाका तर्फबाट जंगबहादुर गिरी र प्रदेश ‘ख’मा हिमाल शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।