काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
यसअघिको दुईवटा निर्वाचन लागातार थापाले यही क्षेत्रबाट जितेका थिए। कांग्रेस महामन्त्री भएपछि थापाको नाम यो पटक सर्लाही क्षेत्र नम्बर ४ बाटसमेत सिफारिस भएको थियो।
शनिबार दिनभर जसो नै थापा सर्लाहीबाट निर्वाचन लड्ने हल्ला चलेको थियो। तर थापाले आफू काठमाडौ ४ बाटै उम्मेदवार बन्ने प्रष्टिकरण दिएका थिए।
काठमाडौंको कोर क्षेत्रमा पर्ने यो निर्वाचन क्षेत्रमा थापाविरुद्ध अघिल्लो पटक झै यो पटक पनि एमाले नेता राजन भटराई प्रतिस्पर्धी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।