काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेसँगको तालमेलपछि यादवले उक्त क्षेत्रमा उम्मेदवारी दिएका हुन्। २०७४ सालमा पनि उनी यही निर्वाचन क्षेत्रवाट निर्वाचित भएका थिए।
यसपटक यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनौती दिएका छन्। उनले पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
यादव २०६४ र २०७० का निर्वाचनमा सुनसरी ५ बाट उम्मेदवारी दिँदै सांसद भएका थिए। सुरुमा सत्ता गठबन्धनमा रहेको जसपा केही दिनअघि एमालेसँग वार्ताका लागि पुगेको थियो। अन्तत: एमालेसँग सहमति गर्दै मसिंर ४ गते हुने निर्वाचनमा होमिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।