काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गरिसकेपछि उनले यसपटक आफू सपना बोकेर चितवन आएको बताए।
उनले समाजिक सञ्जालमा मतदातालाई अनुरोध गर्दै चितवनले लगाएको गुन तिर्न चाहेको बताएका छन्। आफू यसपटक फेरि नफर्किने गरी आएकाले जीवनभर चितवनकै मान्छे बनेर बस्ने प्रतिबद्धता गरेका छन्।
‘एउटा समय यस्तो थियो जब मलाई झुक्क्याएर रातारात भरतपुर पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।