काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन कार्यालय विराटनगर पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको क्षेत्रमा एमालेबाट लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ सालको निर्वाचनमा पनि पण्डित र कोइरालाकाबीचमा प्रतिस्पर्धा भएको थियो। पण्डितले कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका थिए। पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।