काठमाडौं– नेकपा एमालेका नेता रामवीर मानन्धरले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका छन्। उनले काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीले टिकट नदिएपछि पूर्वसांसद मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। २०७४ सालको निर्वाचनमा जितेका उनलाई यस पटक एमालेले टिकट दिएको थिएन। एमालेले काठमाडौं–७ मा जसपालाई सघाउने निर्णय गरेको छ। जसपाबाट राजेन्द्र श्रेष्ठलेले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्ता गराउँदै मानन्धरले पार्टीलाई ४८ घण्टा समय भएको र सच्चिएर आफूलाई टिकट दिनुपर्ने बताए।
‘माथिबाट टिकट वितरण राम्रो भएन। ४८ घण्टा सच्चिने समय छ’ उनले भने, ‘सच्चिने आसमा उम्मेददारी दर्ता गराएको छु। माथिबाट तथास्तु भनेर दिने मात्र भयो। यो कार्यकर्तालाई स्वीकार छैन।’
मानन्धरले कार्यकर्ताको राजीखुशी हुनुपर्ने भन्दै नेताहरुले संस्कार र संस्कृति बदल्नुपर्ने टिप्पणी गरे। ‘पार्टीको जिम्मेवार मान्छेहरुलाई सच्चिका लागि २ दिनको समय छ। सोच्नुपर्छ’, उनले भने, ‘सुति सुति जित्ने सिटमा दौडिनुपर्ने बनाउनु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।