गुल्मी- गुल्मी- २ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छिन्। तर, कांग्रेस नेता डा दामोदर भुसालले गठबन्धनको निर्णयको बिरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कांग्रेसबाट उम्मेदवारी दिने अपेक्षा गरेका उनले उक्त क्षेत्र एकीकृत समाजवादीलाई दिइएपछि बिद्रोह गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको संगठन जोगाउन आफूले बिद्रोह गरेको बताएका छन्।
आफूले पार्टीमा खबरदारी गरेपनि सुनुवाइ नभएपछि स्वतन्त्र उम्मेदवारी दिएको उल्लेख गरेका छन्। उक्त क्षेत्रबाट नेकपा एमालेले सचिव गोकर्ण विष्टलाई मैदानमा उतारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।