काठमाडौं– सत्तारुढ गठबन्धनसहित अन्य दलहरुका शीर्ष नेताहरुले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्। देउवाको उम्मेदवारी वारेसमार्फत् आरजु देउवा राणाले दर्ता गराकी हुन्।
आरजु राणा सभापति देउवाको उम्मेदवारी दर्ताकै लागि डडलधुरा पुगेकी छिन्। यसैगरि नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैं झापा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरि सत्तागठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। बाबुराम भटराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेर प्रचण्डले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्।
यता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनीले पनि आफैं रौतहटको सदरमुकाम गौरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवारी दर्ताका लागि सप्तरी पुगेका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि उनी उम्मेदवार बनेका छन्।
साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि उम्मेदवारी दर्ताका लागि महोत्तरी पुगेका छन्। ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्।
यस्तै एमालेसँग चुनावी तालमेल गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि झापा क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका लागि उनी आफैं झापा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।