महेन्द्रनगर– नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताहरुले बागी उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर–३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता लेखकविरुद्ध कांग्रेसकै दुई जना नेताहरुले उम्मेदवारी दिएका हुन्।
कांग्रेस महाधिवेशन प्रतिनिधि दीपक सिंह र महाधिवेशन प्रतिनिधि शारदा चन्दले उम्मेदवारी दिएकी छन्। त्यसैगरी, कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले प्रदेश सभा ‘क’बाट उम्मेदवारी दिएका छन्।
एकीकृत समाजवादी पार्टी परित्याग गरेर नेता लोकविक्रम थापाले पनि प्रदेश सभा ‘क’मा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।