काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्। आइतबार गृहजिल्ला झापा पुगेर उनले झापा–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
झापा–१ मा नेकपा एमालेका तर्फबाट अग्नि खरेल प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धा गर्दैछन्। यसअघि २०७४ को निर्वाचनमा झापा–१ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की विजयी भएका थिए।
कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।