काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेता कार्यकर्ताका साथ आइतबार अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेर सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सिंहले संविधालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन्।
‘संविधानलाई केन्द्रविन्दुमा राखेर काम गर्नेछौं। त्यसका लागि हाम्रो जित आवश्यक छ। संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन बनाउने लगायतको काम गर्नेछौं,’ सिंहले भने।
सिंहसँग प्रतिस्पर्धा गर्न राप्रपाको तर्फबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुकार बमले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।