काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ सालको निर्वाचनमा पनि उनी उक्त क्षेत्रबाट विजयी भएका थिए।
उम्मेदवारी दर्ता गराएपछि बोल्दै उनले स्थानीय तह निर्वाचनमा केही गल्ती भएको तर अब नहुने दाबी गरे। ‘हामी भक्तपुरमा बलियो छौं। २०७४ सालमा पनि धेरै मत ल्याएर जित निकालेका हौं।’
तर, स्थानीय तहमा आफूहरुको गल्तीका कारण केही कमजोरी देखिए पनि अहिले समस्या नरहेको उनको भनाइ छ। उनले पार्टीभन्दा माथि रहेर आफूलाई मत दिन अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।