काठमाडौं– सामाजिक अभियन्ता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन्।
उनी लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय छन्। बम ‘नेपाल बन्द’ विरोधी अभियन्तामध्ये एक हुन्। डा गोविन्द केसीले उठाएका माग पूरा गराउन तथा उनको अनशनलाई सफल बनाउन पनि उनले भूमिका खेलेका थिए।
यस्तै, उनी कोरोना महामारीको समयमा ‘इनफ इज इनफ’ अभियानमा अनशनन समेत बसेका थिए।
बमले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।
उनले सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।