काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका नेता गगन थापाको क्षेत्रमा उनी दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ सालको निर्वाचनमा पनि उनी उक्त क्षेत्रमा उम्मेदवार बनेका थिए।
थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका थिए। थापाले २१ हजार ५ सय ५१ मत पाएका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।