काठमाडौं– प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले राजीनामा दिएका छन्।
उनले नेपाली कांग्रेसबाट चितवन–१ बाट प्रतिनिधि सभाको टिकट पाएका छन्।
टिकट पाएसँगै उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामापत्र बुझाएका हुन्। असोज २० गतेदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।