काठमाडौं– तनहुँ–१ बाट पूर्वमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसले जोशीलाई केही समयअघि कारबाही गरेको थियो। कांग्रेस नेता रामचन्द्र पौडेल पनि तनहुँ–१ बाट गठबन्धनका उम्मेदवार छन्। जोशी र पौडेल तनहुँको कांग्रेस राजनीतिमा पुराना प्रतिस्पर्धी हुन्।
जोशीमाथि भ्रष्टाचारको मुद्दा समेत चलिरहको छ। विशेष अदालतले जोशीलाई भ्रष्टाचारी ठहर गरिसकेको छ। २०७४ को निर्वाचनमा पनि जोशीले कांग्रेस नेता पौडेलविरुद्ध नै उम्मेदवारी दर्ता गराएका थिए।
तर, पौडेल पक्षले आयोगमा उजुरी गरेपछि उनको उम्मेदवारी मनोनयन खारेज भएको थियो।
आइतबार प्रतिनिधि सभाा लागि उनले पुन: उम्मेदवारी दर्ता गराएपछि जोशीले आफूले गठबन्धनको संस्कृति अन्यतका लागि उम्मेदवारी दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।