चितवन- चितवन- ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बिद्रोह गरेका छन्। माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रमा उनले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त क्षेत्र जितेका थिए। सोहीअनुसार सत्ता गठबन्धनले माओवादी केन्द्रको भागमा पारेको थियो।
भरतपुर महानगरपालिका पनि माओवादी केन्द्रकै भागमा परेपछि विरोध भएको थियो। त्यतिबेला कांग्रेसका जगन्नाथ खतिवडाले विरोध गरेका थिए।
माओवादी केन्द्रबाट डा भोजराज अधिकारीले उक्त क्षेत्रबाट टिकट पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।