विराटनगर– नेकपा एमाले र जसपाबीच चुनावी तालमेलको सहमति भएपनि मोरङ–४ को ‘ख’मा विवाद भएको छ।
उक्त क्षेत्रमा दुई दलको सहमति अनुसार जसपाको भागमा परेको थियो। जसपाले उक्त क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिएको थियो। तर, एमालेले अन्तिम समयमा जीवन घिमिरेलाई उम्मेदवारी दर्ता गर्न पठाएपछि विवाद भएको हो।
यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सिंहले आधिकारिक उम्मेदवार आफू भएकोले दर्ता गर्ने दाबी गरे। उनले आफू उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेको र दर्ता गर्ने जनाए।
घिमिरे पनि उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको तर, दर्ता गर्ने/नगर्ने बारे छलफल गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।