काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरुको साथ र कार्यकर्ताहरुको सक्रियताका कारण निर्वाचनमा विजयी हुने दाबी गरेका छन्।
आइतबार रौतहट–१ मा प्रतिनिधि सभामा मनोयन दर्ता गराउँदै नेपालले धेरै ठाउँमा आफ्ना प्रतिनिधिहरु उठाउनु पर्ने स्थिति रहेको बताउँदै त्यसमा कोसिस गर्दा पनि सम्भव नभएको बताए।
उनले धेरै योग्य, सक्षम र जित्न सक्ने सम्भावना भएका नेताहरूले मौका पाउन नसकेको दाबी गर्दै त्यसमा दु:ख लागेको बताए।
नेपालले आफ्नो पार्टीले जति ठाउँमा उम्मेदवारी दिएको छ त्यसमा गठबन्धनको साथ र कार्यकर्ताको सक्रियताबाट विजयी हुने बताए। उनले गठबन्धन दलमा कुनै गडबढ नभएको दाबी पनि गरे।
अध्यक्ष नेपालले रौतहट–१ आफ्नो जन्मभूमि भएको, हुर्के बढेको, राजनीति गरेको ठाउँ भएको स्मरण गरे। उनले भने, ‘काठमाडौंलाई गरेर मात्रै हुँदैन। योभन्दा पहिले रौतहट छोड्दा पनि अर्कोचोटी आउनुपर्छ है भन्नु भएको थियो। त्यसो हुनाले पालैपालो गरौंला भनेर फेरि आएको छु। र, जनताको साथ पाउँछु भन्ने पूर्ण विश्वास पाएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।