काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले आसन्न निर्वाचनमा विजय हासिल गर्ने कुरामा कसैलाई द्विविधामा नरहन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं–५ बाट उम्मेदवार मनोनयन दर्ता गर्न आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेका पोखरेलले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
‘हामी आउने निर्वाचनमा विजय हुने कुरामा कसैले द्विविधा नठान्नु भए हुन्छ। हामी विजय प्राप्त गर्छौँ। त्यसको आधार भनेको हामीले अघि सारेको विचार र विगतमा गरेको काम हो’, पोखरेलले भने।
त्यस्तै, स्वतन्त्र उम्मेदवारहरुको विषयमा प्रतिक्रिया दिँदै पोखरेलले दलीय प्रणालीमा जुनसुकै व्यक्ति पनि जनताबाट अनुमोदित हुन सक्ने हुँदा यलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
नेकपा एमाले आफ्नो विचार, नीति र योजनाका आधारमा जनताको बीचमा जाने हुँदा आफूहरुलाई कसैले रोक्न नसक्ने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।