जनकपुर- नेकपा एमाले मधेश प्रदेशका सचेतक किशोरी साह (कमल) एमाले परित्याग गरी डा सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।
एमालेले प्रतिनिधि सभामा टिकट नदिएपछि शनिबार उनी उक्त पार्टीमा प्रवेश गरेकका हुन्।
धनुषा- १ बाट उनी उम्मेदवार बन्दैछन्। एमाले र जसपाको तालमेलमा उक्त क्षेत्र जसपाको भागमा परेको छ। जसपाबाट दीपक कार्की उक्त क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रले टिकट पाएको छ। मातृका यादव उक्त क्षेत्रमा उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।