काठमाडौं– नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाबाट चार महिला उम्मेदवार प्रत्यक्षतर्फ उठाएको छ। तर, कांग्रेस र एमालेले भने काठमाडौं उपत्यकामा महिला उम्मेदवारलाई मौका दिएका छैनन्।
माओवादीले काठमाडौं–२, ७ र ९, ललितपुर–३ मा महिला उम्मेदवार उठाएको छ। काठमाडौं–२ मा पूर्वसभामुख ओन्सरी घर्ती चुनाव लड्ने भएकी छन्। यसअघि उनी समानुपातिक सांसद बनेकी थिइन्।
त्यस्तै, काठमाडौं–७ मा माओवादीबाटै मानुषी यमी भट्टराई र काठमाडौंको–९ मा कल्पना धमला उम्मेदवार बनेकी छन्।
यसैगरी, ललितपुर–३ मा माओवादी उपमहासचिव पुम्फा भुसाललाई उम्मेदवार बनाएको छ। उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।