काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यले मोरङ–६ को प्रदेश सभा ‘ख’बाट उम्मेदवारी दर्ता गराएका छन्।
उनी २०७४ सालको निर्वाचनमा मोरङ–६ को ‘क’ बाट वाम गठबन्धनको संयुक्त उम्मेदवार बनेका थिए। त्यसबेला उनी पराजित भएका थिए।
यसपटक उनी नेपाली कांग्रेससमेत रहेको सत्ता गठबन्धनको सहयोगमा अर्को क्षेत्रबाट प्रदेश सभाको उम्मेदवार बनेका हुन्।
विराटनगर–४ निवासी उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्। उनीसँग प्रचण्डकी कान्छी छोरी गंगाले बिहे गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।