काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री तथा अभिनेत्री रेखा थापाले मोरङ- ३ बाट उम्मेदवारी दिएकी छिन्। उनले आफ्नो उम्मेदवारी युवाको बिद्रोहको प्रतीक रहेको बताएकी छिन्।
उनले भनेकी छिन्, ‘विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले नेतृत्वबाट एउटा अपेक्षा गर्ने र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका लागि बिद्रोह गरिएको हो।’
उनले यसपटक पैसाले किन्ने र झुटो बोल्ने प्रथाको अन्त्य हुने बताएकी छिन्। मोरङबासी राजनीतिक दास नभइ उच्च चेतना र परिर्वतनका संवाहक रहेको यसपल्ट प्रमाणित हुने बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।