काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यका लागि रौतहट–१ बाट मनोनयन दर्ता गराएका छन्।
पूर्वप्रधानमन्त्री नेपालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर पुगेर सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट राजनीति गर्दै आएका नेपालले पहिलोपटक नयाँ पार्टीको अध्यक्ष हुँदै निर्वाचनमा होमिदैछन्।
उनी मनोनयन दर्ता गर्न जुलुस, झण्डा केही पनि नलिइकन सीमित कार्यकर्ताका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।