काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यका लागि झापा–३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष लिङ्देन आफैं निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।
अध्यक्ष लिङ्देनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।
प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।