काठमाडौं– नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई र क्षेत्र नम्बर २ बाट बहालवाला राज्यमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
चितवन क्षेत्र नम्बर १ बाट पौडेलसहित स्वर्णिम वाग्लेले पनि उम्मेदवारी दाबी गरेका थिए। तर, सभापति तथा प्रधानमन्त्री देउवा निकट पौडेलले त्यहाँ टिकट पाएका छन्।
क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका श्रेष्ठ पनि प्रधानमन्त्री देउवा निकट नेता हुन्। उनी अहिले प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री हुन्।
पौडेलसँग चितवन क्षेत्र नम्बर १ मा एमालेबाट सुरेन्द्र पौडेल र क्षेत्र नम्बर २ मा श्रेष्ठसँग एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।